बागमती


सुकुमवासी बस्ती हटाउन आज थापाथली र सिनामंगल पुग्दै डोजर

सुकुमवासी बस्ती हटाउन आज थापाथली र सिनामंगल पुग्दै डोजर

नेपालखबर
बैशाख १२, २०८३ शनिबार ५:५५, काठमाडौँ

काठमाडौँ महानगरभित्र आज (शनिबार) देखि सरकारले सुकुमवासी बस्ती हटाउन थाल्ने भएको छ।

सुकुमवासी बस्ती हटाउन डोजरसहित सुरक्षाकर्मीको टोली सुरुमा थापाथली जानेछ र त्यसपछि सिनामंगल पुग्नेछ।

सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।

यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।

कतिपयले भने शुक्रबारै बस्ती छाडिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad