बागमती


सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार ८:१४, काठमाडौँ

छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबारदेखि उनी जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए। 

सूर्यमुखी (सन फ्लावर) खानेतेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोपमा सञ्चालक श्रेष्ठलाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरी बिहीबार जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको एसपी गौतमले बताए। 

श्रेष्ठको कम्पनी ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित महादेव खोलामा छ।

‘ठगी मुद्दामा बिहीबार जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेका छौँ’, शुक्रबार बिहान एसपी गौतमले नेपालखबरसँग भने। 

छहारी र ओमकार ब्रान्डका एक लिटर र आधा लिटरका सूर्यमुखी तेलका प्याकेटमा मापदण्डभन्दा कम मात्रा राखेर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो। 

त्यस क्रममा तेलको प्याकेटमा कम तेल राखिएको फेला परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। साथै प्रहरीले ९०५ कार्टुन तेल पनि बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad