ad ad

बागमती


एमाले बागमतीबाट यी ४ उम्मेदवार, आएन ‘हेभिवेट’ नेताको नाम

एमाले बागमतीबाट यी ४ उम्मेदवार, आएन ‘हेभिवेट’ नेताको नाम

सुनिता विष्ट
पुस २२, २०८० आइतबार १४:१५, काठमाडौँ

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको एमालेको बागमती प्रदेश कमिटीले जनाएको छ। 

सत्तागठबन्धन दलसँगको चुनावी प्रतिस्पर्धामा विजयी हुने अवस्था क्षीण रहे पनि बागमतीमा रिक्त चार सिटकै लागि एमालेले आफ्नो उम्मेदवार खडा गरेको हो। जित्ने सम्भावना नरहेपछि प्रतिस्पर्धीको रुपमा हेभिवेट नेताहरुको नाम सिफारिस नगरिएको एमाले बागमती प्रदेश कमिटीका एक पदाधिकारीले बताए। 

‘लोकतान्त्रिक पद्धतिमा सहभागी हुन त परिहाल्यो’, उनले नेपालखबरसँग भने, ‘जित्ने सम्भावना छैन। तर पनि हामी बागमतीमा ४ जना उम्मेदवार मात्रै होइन, १९ वटै उम्मेदवार खडा गरेर चुनावी अभियानमा सामेल हुने भन्ने केन्द्रको निर्देशन छ।’

ती नेताका अनुसार बागमतीको ४ सिटका लागि प्रदेश कमिटीले १२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएकोमा केन्द्रीय कमिटीले ४ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बागमतीमा चार जनाको पद रिक्त हुँदै छ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो।

रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्वकर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चारवटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

राष्ट्रियसभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .