ad ad

बागमती


बागमतीमा २ सिटको हानेपाले माग्यो मुख्यमन्त्री

बागमतीमा २ सिटको हानेपाले माग्यो मुख्यमन्त्री

सुनिता विष्ट
चैत ४, २०८० आइतबार १३:३२, मकवानपुर

हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारको नेतृत्व पाए मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेको पार्टीको बैठकले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको दाबी गर्दै नेतृत्व पाए मात्रै सरकारमा जाने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता डिल्लिश्वोर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बागमती प्रदेश सरकारको नेतृत्व पाए मात्रै सरकारमा सहभागी हुने नत्र कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरिएको उल्लेख छ।

‘हाम्रो पार्टीको २०८० चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार बाग्मती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको छ’ विज्ञप्तीमा लेखिएको छ, ‘आम नागरिकले देख्न चाहेको जस्तो वास्तविक नयाँ दलका रूपमा अग्लो भएर उभिनेछौँ। नो नट अगेन भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृत्तिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौँ।’

‘तर, लोकतान्त्रिक र नयाँ चरित्रका रूपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टिसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौँ। यसमा पछि हट्ने छैनौँ।’

बागमती प्रदेश सभामा हानेपाको दुई सिट छ। फेरिएको केन्द्रीय सत्ता समीकरणका कारण बागमती प्रदेशको सरकार गठनका लागि हानेपा निर्णायक छ। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा ११० सांसद छन् । यहाँ सरकार गठनका लागि ५६ सांसद संख्या चाहिन्छ।

केन्द्रीय सत्ता समीकरण अनुसार एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी ५५ मात्रै हुन्छ। हानेपाको २ सिटले समर्थन गर्दा बहुमत पुग्ने अवस्था रहन्छ।

निरन्तर सरकारलाई समर्थन गर्दै आएको हानेपाले यो पटकको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .