चितवन १ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल अघि लागेका छन्।
१ हजार ७९१ मतका साथ ढकाल अगाडि हुँदा नेकपा एमालेका दावा दोर्जे लामाले १ हजार ६१७ मत प्राप्त गरेका छन्।
ढकाल लामाभन्दा १७४ मतान्तरले अघि छन्।
नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत प्राप्त गरेका छन्।
रास्वपाका हरि बुर्लाकोटीभन्दा ३४२ मतले अगाडि छन्।
अनि एमालेका लामा कांग्रेसका बुर्लाकोटीभन्दा १६८ मतले अघि छन्।
यसअघि एमालेका लामा अग्रस्थानमा थिए।
3.6k
Shares

प्रतिक्रिया