अर्थनीति


प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानीको वातावरण बनेको सन्देश दिन सफल : अध्यक्ष ढकाल

पोखरा र लुम्बिनीमा सिधा उडानका लागि पनि छलफल
प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानीको वातावरण बनेको सन्देश दिन सफल : अध्यक्ष ढकाल

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार २०:५१, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआई कार्यन्वयनबारे अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

भ्रमण दलका सदस्यसमेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानुन, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए। उनले परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको जानकारी दिए।

देशको क्रेडिट रेटिङ हुनु आफैमा राम्रो भएको र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसर रहेको सन्देश प्रवाह भएको दाबी गरे।

अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि छलफल गरेको जानकारी दिए।

उनले भने, ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यमान कानुन र निजी क्षेत्रले लिने पहलकदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो। क्रेडिट रेटिङ हुनु आफैमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ। पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख सहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ।’

अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताए। उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad