अर्थनीति


भन्सार विभागले गर्‍यो एकै पटक एक सय ७१ कर्मचारी सरूवा, को कहाँ पुगे सूची हेर्नुहोस्

भन्सार विभागले गर्‍यो एकै पटक एक सय ७१ कर्मचारी सरूवा, को कहाँ पुगे सूची हेर्नुहोस्

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १८:३३, काठमाडौँ

भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय ७१ जना कर्मचारी सरूवा गरेको छ।

एकै पटक गरिएको यो फेरबदलले देशभरिका भन्सार कार्यालयमा प्रशासनिक फेरबदल गर्नेछ। विभागले समय-समयमा कर्मचारी सरुवा गर्ने भए पनि अहिले एकै पटक ठूलो संख्यामा सरुवा गरेको हो। सरूवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) हुन्।

भन्सार प्रशासनमा नासुको भूमिका मध्यम स्तरको हुनेगर्छ। तर उनीहरूले आयात-निर्यात नियन्त्रण, राजस्व संकलन, मालसामान परीक्षण सहितका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्छन्।

सरुवा भएका नासुहरू तत्कालै नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेछ। लामो समयसम्म एउटै कार्यालयमा रहँदा अनियमितताको जोखिम पनि हुनेगर्छ।

को कहाँ पुगे, सूची हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad