अपराध


दुई बालिकालाई बेचबिखन गर्न भारत लैजाँदै गर्दा तीनजना पक्राउ

दुई बालिकालाई बेचबिखन गर्न भारत लैजाँदै गर्दा तीनजना पक्राउ

नेपालखबर
भदौ १५, २०७९ बुधबार २१:५३, काठमाडौँ

धनुषाबाट जनकपुर–जयनगर रेलमा चढाएर दुई बालिकालाई भारत बेचविखन गर्न लैजाँदै गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोल बस्ने वर्ष २६ का रूपेश कुमार मिश्र, वडा नं. २३ लादोवेल बस्ने २३ वर्षीय दिल महमद साह र महोतरीको मटिहानी नगरपालिका वडा नं २ विल्टाहा टोल बस्ने २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेका छन्।

तीनैजना धनुषाको जनकनन्दनी गाउँपालिका १ इनरुवा रेल्वे स्टेसनबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार आइतबार दुई बालिकालाई घर डेराबाट ललाई फकाई भारतको दिल्लीतर्फ बेचविखन गर्ने उदेश्यले रेल चढाएर लगिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले इनरुवा रेल्वे स्टेसनबाट तीनै जनालाई नियन्त्रणमा लिइएको हो।

 जनकपुरबाट जयनगर तर्फ जाँदै गरेको बेला २ जना बालिकालाई उद्धार गरी तीनैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको डीएसपी क्षेत्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .