ad ad

राजनीति


अमेरिकी संसदीय टोली नेपालमा

अमेरिकी संसदीय टोली नेपालमा

नेपालखबर
भदौ १५, २०७९ बुधबार २१:५८, काठमाडौँ

अमेरिकी सांसदको एक टोली बुधबार नेपाल आएको छ। 

काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार अमेरिकाको रिपब्लिकन पार्टीका सांसद एरिक स्वालवेल नेतृत्वमा चार सांसद अनौपचारिक भ्रमणमा काठमाडौ आएको हो। 

‘यो विशुद्ध आन्तरिक परामर्श अन्तर्गतको भ्रमण हो। कुनै राजनीतिक भेटवार्ता हुनेछैनन्’ स्रोतले भन्यो।

अमेरिकी सांसद टोली केही दिन नेपालमा रहने बताइएको छ। अमेरिकी संसदीय टोली भारतको नयाँदिल्ली हुंदै यहाँ आएको हो। 

अमेरिकी संसदीय टोलीको भ्रमणको उद्देश्यबारे जानकारी नरहेको एक सरकारी अधिकारीले बताए।

‘यो उनीहरुको अनौपचारिक भ्रमण रहेको बुझेका छौँ। कुनै राजनीतिक भेटवार्ता तय भएका छैनन्’ ती अधिकारीले भने। 

यसअघि गत वैशाख दोश्रो साता अमेरिकाकी प्रभावशाली सांसद किस्टर्न जिलिब्रान्डको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली नेपाल आएको थियो।

नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी संसदीय टोलीले नेपालले युक्रेन मामिलामा संयुक्त राष्ट्रसंघमा भएको मतदानमा युक्रेनका पक्षमा मत दिएकोमा खुशी ब्यक्त गरेको थियो।

त्यसैगरी नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेकोमा धन्यवाद दिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .