काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली पदमसालस्थित गोसाइँकुण्ड सुनचाँदी पसलमा सञ्चालकलाई घाइते बनाई गहना र पैसा लुटिएको छ।
प्रहरीका अनुसार सोमबार साँझ उक्त सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरी २ तोला बराबरको सुनका गहना र ४५ हजार रुपैयाँ लुटपाट गरिएको हो।
खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले घाइते पसल सञ्चालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौं) मा पठाएको छ।
घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका गहनासमेत बरामद गरिएको र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
असोज ११, २०७९, मंगलबार
105
Shares
प्रतिक्रिया