ad ad

अपराध


अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:३३, काठमाडौँ

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय सुनाइएको छ। 

२०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्‍याएर थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको   अदालतका इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए। 

घटना सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले थापालाई  भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाई जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पुर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .