ad ad

अपराध


मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको अदालतको ठहर

मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दुरुपयोग गरेको अदालतको ठहर

नेपालखबर
माघ १०, २०७९ मंगलबार १८:५४, काठमाडौँ

मनोज पाण्डेले सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको छ।

पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। 

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार पाण्डेलाई दोषी ठहर गरेको हो।

फैसलाको पूर्णपाठ आउन र सजाय निर्धारण हुन बाँकी छ। तर अदालतले अन्तिम फैसला गर्दै दाबी पुग्ने ठहर गरेको छ।

यसअघि जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। पाण्डेलाई मानव बेचबिखनको मुद्दामा डिल्लीबजार कारागार चलान गरिएको थियो। यस्तै बाल यौन दुरुपयोगको कसुरमा एक लाख रुपैयाँ धरौटी माग गरेको थियो।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए।

उनले गत जेठ पहिलो साता आफूमाथि सात वर्षअघि भएको यौन हिंसाबारे टिकटक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। 

किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

यौन दुर्व्यवहारमा तीन वर्ष र मानव बेचविखनमा १५ वर्षसम्म कैद सजाय माग गरिएको थियो। अब अदालतले पाण्डेलाई कति सजाय गर्ने भन्ने निर्धारण गर्नेछ। 

२०७१ सालमा भएको यो घटना गत जेठमा सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .