ad ad

अपराध


टाउकोमा हानेर श्रीमतीको हत्या

टाउकोमा हानेर श्रीमतीको हत्या

सांकेतिक तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १५:२३, विराटनगर

मोरङको बेलबारीमा एका व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।  

बेलबारी १ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले श्रीमती देवी महतको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

बेलबारीका प्रहरी प्रमुख उदय राणाका अनुसार बिहीबार दिउँसो १२ बजेतिर  धारिलो हतियार टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको थियो। श्रीमतीको हत्यापछि हेमकर्ण भने फरार भएका प्रहरीले जानकारी दिएको छ।

हेमकर्णका दुई श्रीमती थिए। मृतक देवी जेठी हुन्। कान्छी श्रीमती भने विराटचोकमा छुट्टै बस्ने गरेकी थिइन्।

हेमकर्ण र देवीको बेलबारीमै मासु पसल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .