विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्।
बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, चिनियाँ नागरिक निउ पर्यटक भिसामा नेपाल आएका थिए।
उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चिनियाँ नागरिक र बालिकाका बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
गुपचुप रुपमा बालिकाको विवाह भइरहेको सूचनाका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खड्का र प्रहरी चौकी मधुवनबाट प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवको टोली घटनास्थल पुगेको थियो।
उमेर पुगेको बालिकासँग विवाह भइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत, बाराले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
Shares

प्रतिक्रिया