जेनजी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदी पाँच महिनापछि लगनखेलबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले दोलखाको शैलुङ गाउँपालिका-७, फस्कु घर भई हाल ललितपुर-९ भोलढोकामा बस्ने २२ वर्षी अशोक भनिने अनिष भुजेललाई पक्राउ गरेको हो। उनलाई गए राति लगनखेल बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत, भक्तपुरले जबरजस्ती करणी मुद्दामा अनिषलाई १२ वर्ष कैद सजाय सुनाएको थियो। त्यस्तै, पाँच लाख जरिवाना पनि तोकिएको थियो।
नाबालिका बलात्कारको मुद्दामा जेल सजाय पाएका उनी गत भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए।
54
Shares

प्रतिक्रिया