प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट शनिबार आठ युवकलाई पक्राउ गरेको छ।
काठमाडौँ-३२ जडीबुटीस्थित मनहरा नदी किनार नजिकबाट दोलखाको मेलुङ गाउँपालिका-४ का १८ वर्षीय युवकलाई पक्राउ गरेको छ। काठमाडौँको जडिबुटीमा बस्दै आएका उनलाई लागूऔषध ट्रामाडोल १३० ट्याब्लेट र नगद ६८ हजार दुई सय रूपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ३२० मिलिग्रामसहित स्थानीय १९ वर्षीय विशाल कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट जाजरकोटका १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। सिम्तालीमै बस्ने उनलाई चरेस जस्तो देखिने पदार्थ ७३८ ग्रामसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।
त्यस्तै, वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने २० वर्षीय विपिन शाहीलाई पक्राउ गरेको छ। उनको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ ५१० मिलिग्राम फेला परेको प्रहरीको भनाइ छ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका-९ सातबासका कृष्ण विकलाई अवैध गाँजा जस्तो देखिने पदार्थ करिब १८ किलो २५५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा गाँजा फेला परेको जनाएको छ।
यसैगरी, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट दुहवी नगरपालिका-९ छाताबेलीका ३४ वर्षीय मोहम्मद साविर मियालाई पक्राउ गरिएको छ। ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम १६० मिलिग्राम र नगद ११ हजार ८२० रूपैयाँसहित उनलाई पक्राउ गरिएको जनाएको छ।
दाङको घोराही उपमहानगरपलिका-१५ भानुचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ सात ग्राम ५० मिलिग्रामसहित दुई युवकलाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका-२ खलीबाङका २० वर्षीय भास्कर कुँवर र २३ वर्षीय भरत डाँगी रहेका छन्।
Shares

प्रतिक्रिया