अपराध


विदेश पठाउने भनेर ठगेको आरोपमा पाँच युवा पक्राउ

विदेश पठाउने भनेर ठगेको आरोपमा पाँच युवा पक्राउ

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १३:५२, काठमाडौँ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाउने भनेर ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। 

प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका-८ मा बस्ने सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, काठमाडौँ महानगरपालिका-१४ मा बस्ने दाङका ३१ वर्षीय प्रकाश केसी, गोकर्णेश्वर नगरपालिका-५ मा बस्ने काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुरको गोदावरी नगरपालिका-१४ मा बस्ने पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ मा बस्ने स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी रहेका छन्।

उनीहरूले विदेश पठाउने भनेर वैदेशिक रोजगारीमा जान चाहने युवाबाट रकम उठाएको प्रहरीको भनाइ छ। राजकुमारले जापान पठाउने भनेर एक जनाबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाउने भनेर १२ जनाबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाउने भनेर दुई जनाबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाउने भनेर एक जनाबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाउने भनेर तीन जनाबाट पाँच लाख ५० हजार रूपैयाँ लिएको प्रहरीले जनाएको छ। 

उनीहरूबाट पैसा लिएपछि सम्पर्कविहीन भएक थिए। त्यसपछि पीडित दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad