अपराध


वीरगञ्जको क्यासिनोबाट ५ जना भारतीय नागरिक पक्राउ

वीरगञ्जको क्यासिनोबाट ५ जना भारतीय नागरिक पक्राउ

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १३:५४, काठमाडौँ

पर्साको वीरगञ्जस्थित क्यासिनोमा छापा मारेर प्रहरीले पाँच भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ। 

वीरगञ्जका चार वटा क्यासिनोमा शंकास्पद रूपमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार प्रहरीले अप्रेसन चलाएको हो। 

किङ क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब्स, क्यासिनो महजोङमा जुवा खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। 

पक्राउ पर्नेमा भारतीय नागरिकहरू बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन्। उनीहरूसँगै जुवा खेलिरहेका वीरगञ्जका ३७ वर्षीय जमुद्दिन मियाँ अन्सारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले पाँच सयको क्वीन, नेपाली ५५५ रुपैयाँ र भारतीय एक हजार दुई सय रुपैयाँ पनि बरामद गरेको डीएसपी बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad