ad ad

अपराध


१७ लाख भारुसहित युवक पक्राउ

१७ लाख भारुसहित युवक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार ६:४१, महोत्तरी

महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए। भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बन्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरेका हुन्। 

स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख ९नेपाली २७ लाख २० हजार० सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .