ad ad

अपराध


प्रहरीको भ्यानबाट हतकडीसहित भागेका बलात्कार आरोपित ३ दिनपछि पक्राउ

प्रहरीको भ्यानबाट हतकडीसहित भागेका बलात्कार आरोपित ३ दिनपछि पक्राउ

प्रहरीका साथमा अभियुक्त राजाबाबु मुखिया


जयन्त ठाकुर
फागुन १७, २०७९ बुधबार ९:५३, जनकपुरधाम

धनुषा प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित भागेका बलात्कारका अभियुक्त ३ दिनपछि पक्राउ परेका छन्। 

गत आइतबार साँझ करिब ७ बजे धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याम्पबीचको नहरमा हाम फालेर भागेका सबैला नगरपालिका १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

मंगलबार मध्यराति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जान लागेको र लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। 

यस्तै, फागुन ५ गते जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरी लैजादैँ गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएका ६ प्रहरी कर्मचारीविरुद्ध प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .