अपराध


हुन्डी कारोबार गरेको आरोपमा सिरहामा युवक पक्राउ, सीआईबीले लग्यो काठमाडौं

हुन्डी कारोबार गरेको आरोपमा सिरहामा युवक पक्राउ, सीआईबीले लग्यो काठमाडौं

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ७:४०, सर्लाही

सिरहाको गोलबजराबाट प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

बिहीबार साँझ गोलबजार नगरपालिका ४ बाट प्रहरीले स्थानीय ३० वर्षीय किशुनलाल साहलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय (गोलबजार) र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (सिरहा) ले जनाएको छ। 

स्थानीयले दिएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले साहलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

पक्राउलगत्तै सीआईबी टोलिले थप अनुसन्धानका लागि साहलाई काठमाडौं लगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .