ad ad

प्रवास


अमेरिकाको न्युयोर्कमा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु

अमेरिकाको न्युयोर्कमा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु

नेपालखबर
पुस १७, २०७९ आइतबार २१:७, काठमाडौँ

अमेरिकाको न्युयोर्क सिटीमा भएको दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन्।

आइतबार भएको सडक दुर्घटनामा कास्की हेम्जाका ३२ वर्षीय मनोज थापाको निधन भएको हो। थापा उबर चालक हुन्। 

न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुसार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएको थियो।

प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीले ठक्कर दिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रहरीसँगै आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए। थापालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो। 

उनको मृत्युबारे परिवारलाई खबर गरिसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .