नेपाली काँग्रेसको प्रवासको संगठन नेपाली जनसम्पर्क समिति जर्मनीको संयोजकको जिम्मेवारी विजय मोक्तानले पाएका छन्।
पार्टीका सभापति गगनकुमार थापाले श्रावण १, २०८३ मा जारी गरेको पत्रमा मोक्तानलाई पार्टीको विधान, २०१७ (एघारौं संशोधनसहित) संयोजकको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।
मोक्तानलाई पार्टीले जर्मनीस्थित वर्तमान तथा पूर्व समितिका सदस्यहरूबीच आवश्यक संवाद र सबै पक्षसँग समन्वय गरी दुई महिनाभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गराउने कार्यादेश दिएको हो।
कांग्रेसले मोक्तानको नेतृत्वमा सबै पक्षबीच सहमति र समन्वय कायम गर्दै पार्टीको विधानअनुसार सदस्यता वितरण, अधिवेशन सम्पन्न तथा संगठनलाई सुदृढ, गतिशील र परिणाममुखी बनाउने अपेक्षा गरेको जनाएको छ।

36
Shares

प्रतिक्रिया