ad ad

प्रवास


मलेसियामा बन्धक १३ नेपालीको उद्धार, ६ जनालाई भोलि स्वदेश फर्काइँदै

सोमबार मात्रै प्रधानमन्त्रीले दिएका थिए निर्देशन
मलेसियामा बन्धक १३ नेपालीको उद्धार, ६ जनालाई भोलि स्वदेश फर्काइँदै

मलेसियामा अलपत्र अवस्थाका नेपाली युवाहरु


नेपालखबर
पुस २५, २०७९ सोमबार १२:७, काठमाडौँ

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ। उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका अरु नेपालीको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। 

त्यही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। 

बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्। 

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार उक्त कम्पनीमा काम गर्न गएका सबै १३ श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ। 

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र १३ जनवरीमा ७ जना नेपाल फर्किने भएका छन्।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्नसमेत पहल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .