ad ad

प्रवास


परराष्ट्रमन्त्रीलाई भेटेर एनआएरएनएले टोलीले बुझायो ८ बूँदे माग

परराष्ट्रमन्त्रीलाई भेटेर एनआएरएनएले टोलीले बुझायो ८ बूँदे माग

नेपालखबर
बैशाख ४, २०८० सोमबार १३:५१, काठमाडौँ

गैरआवासीय नेपाली संघ(एनआरएनए)का कार्यकारी अध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार पराष्ट्र मन्त्रालयमा पुगेको एक प्रतिनिधिमण्डलले मन्त्री साउदलाई भेटेर ८ बूँदे माग पेश गरेको छ।

नवनियुक्त परराष्ट्रमन्त्रीलाई बधाई तथा शुभकामना दिन पुगेको उक्त टोलीले संघले उठाँउदै आएको नागरिकता, एनआरएनए नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो।

भेटमा अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानुनी प्रक्रिया लगायतका विषयमा संबोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेका थिए।

उनले युरोप क्षेत्रमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि पनि मन्त्री साउदलाई निमन्त्रण गरेका छन्। 

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि परराष्ट्र मन्त्रालयमा पदबहालीलगत्तै एनआरएनए प्रतिनिधिले परराष्ट्रमन्त्रीलाई भेटेका हुन्।

भेटमा गैरआवासीय नेपाली संघका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम सी पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल सहभागी थिए।

यस्तै भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी पनि सोही टोलीमा परराष्ट्र मन्त्रालय पुगेका थिए।

यस्ता छन् एनआरएनएले परराष्ट्रमन्त्रीसमक्ष पेश गरेका ८ बूँदे माग

१. गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न ।

२. गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रूपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।

३. गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।

४. संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन हुन ।

५. गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिनु हुन ।

६.  विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन ।

७. नेपाली मूलका विदेशी नागरिक ९पीएनओ० र गैरआवासीय नेपाली नागरिक ९एनआरएन० कार्डको शुल्क अत्यन्तै महँगो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन हुन

८.  गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .