प्रवास


दुबईका नेपालीले मनाए होली (तस्बिरहरू)

दुबईका नेपालीले मनाए होली (तस्बिरहरू)

सरोज बैजु
चैत ३, २०८१ आइतबार १३:६, दुबई

रङहरूको चाड होली नेपालमा हर्षोल्लाससाथ मनाइन्छ। पहाडमा अघिल्लो दिन र तराईमा भोलिपल्ट मनाइने यो चाड संयुक्त अरब इमिरेट्स (दुबई)मा रहेका नेपालीले पनि रमाइलो गरी मनाएका छन्।

शुक्रबार यहाँस्थित दुबई मल र बुर्ज खलिफामा केही नेपाली जम्मा भएर होली मनाएका हुन्।

दुबई मल संसारकै ठूलो सपिङ मलले परिचित छ। जसलाई दुबईको गहना पनि भनिन्छ।

यस्तै, बुर्ज खलिफा अग्लो मानव निर्मित संरचना हो। यो ८२८ मिटर अर्थात् २,७२२ फिट अग्लो छ।

डिजाइनमा इस्लामिक आर्ट र स्थानीय संस्कृतिको मिश्रण रहेको बुर्ज खालिफा भवनबाट दुबई सहरलाई ३६० डिग्री कोणमा हेर्न सकिन्छ।

होली मनाउने क्रममा नेपालीहरूले एकआपसमा रङ दलेर नाचगान समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad