प्रवास


एनआरएनए पोल्यान्डको आठौँ अधिवेशन जुलाई २६ मा

एनआरएनए पोल्यान्डको आठौँ अधिवेशन जुलाई २६ मा

शेरबहादुर परियार
असार १६, २०८२ सोमबार १५:३५, वारसा, पोल्यान्ड

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोल्यान्डको आठौँ राष्ट्रिय अधिवेशन जुलाई २६ मा हुने भएको छ।

एनआरएनए राष्ट्रिय समिति पोल्यान्डको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

संघले गत अप्रिल १ मा खोलेको पञ्जीकृत सदस्यताको लागि दुई पटक समय थप गर्दै जुलाई १५ सम्म पुर्‍याएको छ।

‘आजसम्म ३९९ जनाको पञ्जीकृत सदस्यता आवेदन स्वीकृत भएको छ। अन्तिम नामावली जुलाई १५ पछि प्रकाशित गर्छौँ,’ महासचिव पवन खड्काले बताए। 

अधिवेशनमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन, विगत कार्यकालको प्रतिवेदन प्रस्तुत, आगामी योजना तथा नीति प्रस्तुत गरिने उनले बताए।

अधिवेशन गर्न उपयुक्त स्थानको खोजी भइरहेकोले चाँडै सार्वजनिक सूचनामार्फत जानकारी गराउने एनआरएनए पोल्यान्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad