प्रवास


‘उज्यालो नेपाल अभियान’ लिएर ओमानमा कुलमान, भने– रेमिट्यान्स पठाउनेको सम्मान हुनुपर्छ

‘उज्यालो नेपाल अभियान’ लिएर ओमानमा कुलमान, भने– रेमिट्यान्स पठाउनेको सम्मान हुनुपर्छ

नेपालखबर
असार २७, २०८२ शुक्रबार १२:१, ओमान

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन्। 

मध्यपूर्वी देशहरु बहराइन, ओमान, यूएई र कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले वार्षिक रुपमा करिब साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने (अर्थात् कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ योगदान) खाडी मुलुकमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण बनाइनुपर्ने निवर्तमान कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे। 

ओमान रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे। 

उनले भने, ‘वैदेशिक रोजगारीमा आउने नेपालीलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनावश्यक समस्या सिर्जना गरी दुःख दिन सुरु गरिन्छ, देशको अर्थतन्त्र धान्न योगदान पुर्‍याएका नागरिकलाई दुःख दिने हैन, समस्या समाधान गरी सम्मान गरिनुपर्छ, विदेशी भूमिका हैन स्वदेशमा श्रमको अवसर सिर्जना गरिनुपर्छ।’

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे। उनले ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको उल्लेख गरे।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङ मध्यपूर्वी देशहरु बहराइन, ओमान, यूएई र कतारको भ्रमणमा छन्। उनले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु बस्ने आवास क्षेत्रको पनि भ्रमण गरी अन्तक्र्रिया गरे।

कार्यक्रममा ओमान रहेका नेपाली समुदायको तर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad