गैर आवासीय नेपाली संघले पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’को अध्यक्षमा कुमार कार्कीलाई तोकेको छ।
कार्की लामो समयदेखि पीएनओ अभियानमा सक्रिय हुँदै आएका थिए।
बर्मा, थाइल्यान्ड, मलेसिया, फिजी लगायत सार्क राष्ट्र बाहेकमा बसोवास गर्दै आएका नेपालीहरुलाई नेपाली मूलको विदेशी नागरिकको रुपमा एनआरएनएमा जोड्ने उक्त अभियानमा सक्रिय भएका कारण कार्कीलाई जिम्मेवारी दिइएको एनआरएनएले जनाएको छ।
भर्खरै निर्वाचित एनआरएनएका अध्यक्ष हेमराज शर्माले कार्कीलाई ११४औँ आईसीसी बैठकवाट जिम्मेबावारी दिएका हुन्।
पीएनओ’ पिपुल अफ नेपाली ओरिजिन भनेका खास समय र कालखण्डमा नेपाल छाड्न पुगेका नेपाली हुन्। यो नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज पनि हो। नेपालीमूलका उनीहरूका पुर्खा ती देशमा पहिलो र दोस्रो विश्वयुद्धका क्रममा यसरी नै पुगेका थिए।
त्यसबेलाको अवस्थामा नागरिकता बन्ने र बोकेर हिँड्ने कुनै चलन र परिपाटी थिएन यही कारण उनीहरु एनआरएनएको परिचयपत्र पाउनबाट छुटेपछि एनआरएनएले नै पीएनओ अभियान शुरु गरेको थियो। उनी थाइ नेपाली संघका पूर्व अध्यक्ष हुन्।
सन् २०१७ देखि कार्की यो अभियानमा सक्रिय थिए। शेष घलेको कार्यकालदेखि उनी यो अभियानमा सक्रिय भएका थिए। उनले नेपाल सरकार र एनआरएनएका विचमा यही मुद्दालाई लविङ गराउदै नयाँ विधेयकमा पनि पिएनओको मुद्दा समेट्न सफल भएका छन्।
उनी २०७२ सालको भूकम्पको समयमा नेपालमा खटिएका थिए। कार्कीको पहलमा नेपालकै पहिलो नमुना बस्ती सिन्धुपाल्चोकको माझी गाउँमा निर्माण गरेका थिए। उनी विभिन्न समयमा एनआरएनमा एनसिसीमा रहेर काम गर्दै आएका छन्।
Shares

प्रतिक्रिया