समाज


इन्द्र राईको घरमा भेटिएका प्रहरीका पोसाक र नक्कली हतियार ‘चलचित्र निर्माण प्रयोजनका लागि’

इन्द्र राईको घरमा भेटिएका प्रहरीका पोसाक र नक्कली हतियार ‘चलचित्र निर्माण प्रयोजनका लागि’

नेपालखबर
बैशाख २०, २०८३ आइतबार २१:३५, काठमाडौँ

नेपाल प्रहरीले काठमाडौँको देविनगर (पुरानो बानेश्वर) स्थित इन्द्र राईको घरबाट फेला परेका प्रहरी र आर्मीको ड्रेस तथा नक्कली हतियार चलचित्र निर्माण प्रयोजनका लागि भएको स्पष्ट पारेको छ।

आइतबार सो घरमा आर्मी ड्रेस तथा शंकास्पद सामग्री बोरा बोरामा फेला परेको भन्ने सूचना सामाजिक सञ्जालमा फैलिएको थियो।

उक्त घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा नेपाली सेना र नेपाल प्रहरीको पोसाक, हेल्मेट र दर्ज्यानी चिह्न तथा नक्कली हतियार शुभ लाभ फिल्म प्रोडक्सन प्रालिद्वारा श्रव्य दृश्य सामग्री तथा चलचित्र निर्माण प्रयोजनका लागि प्रयोग गरिएको भन्ने प्रारम्भिक तथ्य खुल्न आएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा नेपाल प्रहरीले आवश्यक अनुसन्धान तथा सत्यतथ्य पुष्टि गर्ने कार्य गरिरहेको हुँदा आधिकारिक पुष्टि नभएसम्म अप्रमाणित सूचना नफैलाउन समेत आग्रह गरेको छ।

राईको उक्त ७ तले घर सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको भन्दै प्रहरीले डोजर लगाएर भत्काएको थियो। 

उनको घरमा बन्दुक, प्रहरी दर्ज्यानी चिह्न र बर्दी भेटिएपछि सोधपुछका लागि प्रहरी वृत्त नयाँ वानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी समक्ष उनले ती सामान सुटिंग प्रयोजनका लागि राखिएको बयान दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad