चिनियाँ ब्रान्ड चेरीले फेरि नेपालमा बिक्रीवितरण सुरु गरेको छ। कम्पनीले टिगाे४ प्राे नेपाल ल्याएकाे हाे।
सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरीको एसयूभी सेग्मेन्टबाट नेपालमा बिक्री सुरु गरेको हो।
एसपीजी अटो मोबाइल्सले काठमाडौंको एलिस रिसेप्सनिष्टमा सार्वजनिक गरेको हो। एसपीजी अटोमोबाइल्सले काठमाडौंको थापाथली शोरुम खोलिसकेको छ।
एसपीजी अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर गौरब सारडाले चेरी चिनियाँ उत्पादन भएपनि विश्व ब्राण्डको रुपमा स्थापित भएको बताएका छन्। चेरी टिगो ४ प्रो ३ वटा भेरियन्टमा उपलब्ध रहेको छ।

१.५ लि. नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि नेच्यरल्ली एस्पिरेटेड सिभिटी र १.५ लिटर टर्बो चार्जड ९ स्पिड गियर बक्स सिभिटी इन्जिन रहेको गाडी रहेको छ।
नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम ११५ पिएस र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्छ भने १.५ लि टर्बो चार्जड सि.भिटि इन्जिनिले अधिकतम पावर १४७ पि. एस र २१० एनएम टर्क जेनेरेट गर्छ।

याेसँगै करिब १ दशकअघि नेपालबाट बाहिरिएको ब्रान्ड पुनः नेपाली बजारमा प्रवेश गरेको छ। एसपीजी अटोमोबाइल्सले थापाथलीमा शोरुम खोलिसकेको छ।
चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो। विश्वका ८० बढी देशमा चेरीका गाडी गुडिरहेका छन्। कम्पनीले एरिजो, टिगो, एक्सिडलगायतका मोडल उत्पादन गर्दै आएको छ।

९० लाखभन्दा बढी गाडी बिक्री गरिसकेको चेरीले चीनमा जागुअर ल्यान्ड रोभर मोटरसँग मिलेर गाडी उत्पादन गर्दै आएको छ।
नेपालमा हाल टिगो फोर प्रो गाडीकाे बिक्री सुरु भएकाे हाे। एसपीजी मोर्टसले टिगो ७ प्रो र टिगो ८ प्रो छिट्टै नेपाल भित्र्याउने जानकारी दिएको छ।

तीन भेरिएन्ट, मूल्य कति?
टिगाे फाेर तीन भेरिएन्टमा उपलब्ध छ।
यसअनुसार टिगाे४ प्राे १.५ लिटर इन्जिनकाे ४६ लाख २० हजार, टिगाे४ प्राे १.५ लिटर सीभीटीकाे ५२ लाख ५० हजार र टिगाे४ प्राे १.५ टर्बाे सीभीटीकाे मूल्य ५८ लाख ४० हजार रहेकाे छ।

Shares

प्रतिक्रिया