कारोबार


तिहारमा २१ लाख माला खपत

तिहारमा २१ लाख माला खपत

सयपत्री माला। फाइल तस्बिर : रासस


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ११:१६, काठमाडौँ

तिहारमा अपेक्षा गरेभन्दा बढी फूल तथा माला बिक्री भएको छ। 

यस वर्षको तिहारमा सयपत्री, मखमली र गोदावरी सहित करिब १८.६५ लाख मालाको खपत हुने अनुमान गरिएको थियो। 

तर अनुमान गरेभन्दा बढी अर्थात् करिब २१.३५ लाख मालाको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। 

अघिल्लो वर्षको तिहारमा कोभिडका कारण करिब १६ लाख मालाको मात्रै कारोबार भएको थियो। 

यो वर्ष फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार करिब १८.१५ लाख सयपत्री तथा ३.०५ लाख मखमली र १५ हजार गोदावरी फूलको माला कारोबार भएको हो। 

सयपत्री फूलको प्रतिमाला करिब ६० देखि ८० सम्म र मखमली फूलको प्रतिमाला ४० देखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको एसोसिएसनले जानकारी दिएको छ।

एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस वर्षको तिहार पर्वको लागि आवश्यक हुने सयपत्री फूलको माला मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएकाले करिब बजार हिस्साको ८५ प्रतिशत मात्रै आन्तरिक उत्पादनले परिपूर्ति गर्ने र बाँकी १५ प्रतिशत आयात गरी पूरा गरिनुपर्ने अनुमान गरिएको थियो। 

तर गैरपुष्प व्यवसायीहरुबाट समन्वयविना नै तिहार सुरु हुनु १५÷२० दिन अगावै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेको कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भइदिँदा नेपाली उत्पादनले बजार नपाई करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नुपरेको पुष्प उत्पादक व्यवसायीहरुको गुनासो छ। 

यसरी आयातित फूलको कारण नेपाली उत्पादनले बजार नपाउँदा हतोत्साही भई यसमा लागेको पुष्प व्यवसायीहरु पलायन हुने हो कि भन्ने चिन्ता समेत बढ्न गएको छ। 

मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ भने केही मात्रामा निर्यात समेत हुने गरेको छ। यस वर्षको तिहारमा पनि करिब एक लाखभन्दा बढी मखमली फूलको माला विभिन्न मुलुकमा निर्यात भएकोे जानकारी प्राप्त भएको एसोसिएसनले बताएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad