कारोबार


नेपाल इन्भेष्टमेन्ट बैंकको १६औं एक्सटेन्सन काउन्टर कुसोममा

नेपाल इन्भेष्टमेन्ट बैंकको १६औं एक्सटेन्सन काउन्टर कुसोममा

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १०:१४,

नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ।

नयाँ सुविधाको नेपाल इभेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले एक समारोहका बीच संयुक्त रूपमा उद्घाटन गरे।

काठमाडौं युनिभर्सिटी परिसरमा यो एक्सटेन्सन काउन्टरको विस्तारले दुई प्रतिष्ठानहरूबीचको दिर्घकालीन साझेदारीको महत्वलाई प्रकास पारेको छ। यो एक्सटेन्सन काउन्टरमार्फत विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरूबीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७३६ प्वाइन्ट अफ सेल्स (पीओस) केन्द्रहरूमार्फत आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ।

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा ‘बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad