नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।
टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ। ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन्।
अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। ८१४१५३ डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ।
यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने टेलिकमले जानकारी दिएको छ।
135
Shares

प्रतिक्रिया