ad ad

कारोबार


एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक : ५५ मिनेट टकटाइम, १५ रुपैयाँ शुल्क

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक : ५५ मिनेट टकटाइम, १५ रुपैयाँ शुल्क

नेपालखबर
असोज ६, २०७९ बिहिबार १८:२२, काठमाडौँ

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । 

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । 

यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागू हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन् । 

भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । 

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । 

त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । 

आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र रु ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकताअनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु संचालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकहरुका लागि  चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .