कारोबार


लगानी बोर्डद्वारा अरुण तेस्रो आयोजना निर्माणस्थलको अनुगमन

लगानी बोर्डद्वारा अरुण तेस्रो आयोजना निर्माणस्थलको अनुगमन

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार २१:४६, काठमाडौँ

लगानी बोर्ड, नेपालले निर्माणाधीन अरुण तेश्रो (९०० मेगावाट) जलविद्युत परियोजनाको निर्मास्थलको अनुगमन गरेको छ।

मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गएको अनुगमनमा नेपाल सरकारका सचिवहरु, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधी समेतको सहभागिता रहेको लगानी बोर्डले जनाएको छ।

भ्रमण दलले उत्पादन तर्फको निर्माणस्थल र वितरण तर्फको प्रशारण लाइनको प्रगतिबारे जानकारी लिएको छ।

भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारणलाइन क्षेत्र समेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तर्किया कार्यक्रम सम्पन्न गरिएको थियो। 

अनुगमनपछि आयोजित अन्तक्रिया कार्यक्रममा अरुण तेश्रो जलविद्युत परियोजना र प्रसारणलाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयहरूमा छलफल भएको थियो। 

छलफलका क्रममा मुख्यसचिव बैरागीले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषयहरू समाधान तथा सहजीकरणका लागि सम्वद्ध सबै निकायलाई निर्देशन दिए।

साथै उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिए। 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले अरुण तेश्रो जलविद्युत परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई बिना अवरोध प्रभावकारी रुपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .