काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले कृतिम गर्भधारण (आईभीएफ) सेवा सुरु गरेको छ।
अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य बमोजिम अस्पतालमा ‘स्टेट अफ द आर्ट’ आईभीएफ सेवा शुरु गरिएको अस्पतालले जनाएको छ।
सेवा केन्द्रको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरे। ह्याम्स आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पलताले लिएको छ।
अस्पतालका अनुसार आईभीएफ सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधारले सुसज्जित ह्याम्स आईभीएफ सेन्टरमा देशकै सर्वाधिक चर्चित प्रजनन् विशेषज्ञ डा.भोला रिजाल तथा प्रा.डा.पदमराज पन्तद्वारा प्रदान गरिनेछ।
सन् १९९७ मा स्थापित अस्पताल विगत ४ वर्षदेखि धुम्वाराहीमा अवस्थित अत्याधुनिक भवन तथा भौतिक पूर्वाधारका साथ संचालनमा रहेको छ।
Shares
प्रतिक्रिया