रेमिट कम्पनीआइएमई लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने विशेष प्रस्तावसहित २२औं वार्षिक साधारणसभा बोलाएको हो।
साधारण सभाको सूचना आज जारी गरेको छ। सूचनाअनुसार कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समिति बैठकले मंसिर १६ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।
सूचनामा बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने विशेष सभा समेत पास गर्ने एजेण्डा राखिएको छ।
कम्पनी सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने तथा नयाँ संचालक समितिको चयन गर्ने लगायतका प्रस्ताव सभाबाट प्रस्तुत हुने सूचनामा उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया