कारोबार


हाइसेन्ससँगको साझेदारीमा राकुटेन भाइबरको रोमाञ्चक फुटबल अभियान

हाइसेन्ससँगको साझेदारीमा राकुटेन भाइबरको रोमाञ्चक फुटबल अभियान

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १९:८, काठमाडौँ

निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीहरूका लागि गोल नामक च्यानल र नेपाली फुटबलप्रेमीहरूका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ।

फुटबल उत्सव च्यानल, नेपाली फुटबलप्रेमीहरू प्रति समर्पित यस्तो च्यानल हो, जहाँ समर्थकहरू आफू जस्तै फुटबलमा रुचि राख्ने सबैलाई चिन्न पाउने, फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरसँग प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा सामेल हुन पाउँने अवसरहरू पाउन सक्नेछन्।

प्रयोगकर्ताहरूले खेलकुदिय गुणहरू संङ्गाली बनाइएको सुविधात्मक च्याटबट, एआर लेन्सहरू र विल्कुलै नयाँ स्टिकर प्याक र भिजुअलमा गेमहरूको चहलपहलको आन्नद लिन पाउनेछन्।

भाइबरको २०२२ को फुटबल  अभियानले आफ्नो प्रयोगकर्ताहरूलाई अनुमान गर्नुहोस् र जित्नुहोस् प्रतियोगिताको साथ खेलकुदको उत्सवलाई थप जिवन्त पार्नेछ जहाँ च्यानलका सदस्यहरूले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कारहरू जित्न सक्नेछन्।

स्थानीय रूपमा भाइबरले हाइसेन्स ब्राण्डका आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको छ। हाइसेन्स ब्राण्ड बिश्व स्तरमा घरेलु तथा विद्युतीय उपकरणहरू निर्माण गर्ने ख्याती प्राप्त कम्पनी हो।

यस साझेदारी अनुसार ५ भाग्यशाली प्रयोगकर्ताहरूले सहि अनुमान गरेमा भाइबरको तर्फबाट नोभेम्बर २० देखि– डिसेम्बर १८ सम्म हाइसेन्सको ३२’ वा ४३’ इन्चको टिभी सेट जित्न सक्नेछन्। यस रमाइलो अभियानमा देशको सम्मानीत कमेन्टेटर तथा खेलाडीहरूको पनि सहभागीता रहनेछ। 

प्रयोगकर्ताहरूले म्याच भइरेहेको समयमा आफूलाई अभिव्यक्त गर्न मद्दत गर्ने फुटबलमा आधारित स्टिकरहरूको पनि प्रयोग गर्न सक्नेछन्।नोभेम्बर २१, २०२२ बाट स्टिकर प्याक डाउनलोड गर्नका लागि उपलब्ध हुने छन्। 

नेपालीहरू जहिले पनि आफ्नो लगाव र प्रेमका लागि चिनिन्दै आएको छन्, र एक–आपसबीच सद्भाव कायम राखिराख्न फुटबल अचुक माध्यम बन्दै आएको छ। आफ्नो एप मार्फत्  फुटपलप्रेमीहरूलाई एक आपससँग जोडिन मद्दत गर्दै भाइबर यस आत्मियतालाई थप सुमधुर र प्रगाढ बनाउने उद्देश्य राख्दछ। फुटबलप्रेमीहरूको उत्साहलाई उत्कर्षमा पुर्याउनका अतिरिक्त उनीहरू आफूलाई विशेष लाग्ने फुटबल खेलाडीहरूसँग नजिक हुने मौका पनि पाउनेछन्।

‘यस अभियानको मूल अभिप्राय भनेको हाम्रा प्रयोगकर्ताहरूलाई फुटबल गतिविधिमा संलग्न हुन र एक आपससँग जोडिन मद्दत गर्ने अवसर प्रदान गर्नु हो। यसका अतिरिक्त, प्रयोगकर्ताहरूका लागि यस पटक हामीले विद्युतीय उपकरणहरूमा देशकै सर्वाधिक विश्वसनीय ब्राण्ड हाइसेन्सका साथ भब्य पुरस्कारहरु र रोचक अन्तरक्रियात्मक सामाग्रीहरू पनि लिएर आएको छौँ ’ अभियानबारे उत्साहपूर्व बोल्दै राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले बताए। 

‘नेपालीहरू फुटबल प्रति कति चासो राख्छन् भनेर हामीलाई राम्रोसँग थाहा छ र उनीहरूको प्रिय टिमहरूको विजयलाई उनीहरू र उनीहरूको परिवार, साथीभाइहरूसँग मनाउन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ’  अभियानको बारे बोल्दै, नेपालमा हाइसेन्स ब्राण्डका आधिकारिक वितरक, नविन डिस्ट्रिब्युटर्सका डाइरेक्टर ,आशिष तिब्रेवालाले बताए।

फुटबलप्रेमीहरू अब फुटबल उत्सव च्यानलमा जोइन गर्न सक्नेछन्, जहाँ उनीहरू आफूजस्तै फुटबलमा रुचि राख्नेहरूसँग जोडिने अवसर पाउनुको साथै खेलहरुको तत्काल प्रगती र अन्य रोचक सामाग्रीहरू पाउनेछन् र आफ्ना साथीभाइ, परिवार वा चिनेजानेकाहरूलाई मेसेज गर्दा  उनीहरूले फुटबल च्यालेन्ज, चियरिङ गोल्स वा फुटबल का अन्य कुराहरुका साथै विश्वव्यापी र स्थानीय फुटबल स्टिकर प्याकहरू पनि ट्राई गर्न सक्नेछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad