ad ad

कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सकियो (तस्बिर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सकियो (तस्बिर)

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १६:१०, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ। 

नागरिक उड्डयन प्राधिकरणले एक हप्ता लगाएर क्यालिब्रेसन फ्लाइट गरेको हो। 

प्राधिकरणले एरोनोटिकल रेडियो अफ थाइल्यान्डले विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण सम्पन्न गरेको छ। 

एरो थाईले समग्र अध्ययन गरी प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले एक हप्ता लगाएर यान्त्रिक परीक्षण सम्पन्न भएको जानकारी दिए। 

‘एक हप्ता लगाएर सबै उपकरण परीक्षण भएका छन्’, निरौलाले भने, ‘परीक्षणको रिपोर्ट कस्तो आउँछ, केही समयपछि मात्रै थाहा हुन्छ।’

आइतबार राति क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको उनले बताए। 

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो। यसमा विशेष जहाज ल्याएरै उडान र अवतरण गर्नुपर्छ। 

एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गरेको हो। जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको जाँच गरेको प्राधिकरणले जनाएको छ। 

प्राविधिक जनशक्तिसहित नेपालमा एरो थाईको जहाज आएको हो। यस्तो उडानमा उड्डयन उपकरण र उडान विधिको परीक्षण गरिन्छ। परीक्षणको लागि विशेष विमान चाहिन्छ। क्यालिब्रेसन फ्लाइटको जहाज सानो हुन्छ। यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन्।

त्यस्तै, पोखरा विमानस्थलको भौतिक निर्माणसँगै रिठ्ठेपानी डाँडाको १४ मिटर कटान पनि सम्पन्न भएको छ।

यो पनि : पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट : ४ प्रविधिको मुख्य परीक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .