मदिरा ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा गर्ने भएको छ।
साउन महिनामा पनि कम्पनीले बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक यात्रा सम्पन्न गरेको थियो।
उक्त कमेडी यात्रामा माया पाएको भन्दै कम्पनीले गाइघाटमा यही मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजित गर्नलागेको हो।
गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेदेखि हुन लागेको कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको बिर्सिनै नसक्ने प्रस्तुति प्रस्तुत हेर्न पाइनेछ।
हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने छन् भन्ने हामीलाई पूर्ण विश्वास रहेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया