ad ad

कारोबार


सिभिल बैंकले थालनी गर्‍यो डिजिटल सुदूरपश्चिम अभियान

सिभिल बैंकले थालनी गर्‍यो डिजिटल सुदूरपश्चिम अभियान

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १३:११, काठमाडौँ

सिभिल बैंकले डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले पानीपुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोडमार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी थिइन्।  

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्रमै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्शी हुने तथा नोट छाप्नका लागि विदेशिने धन राशिको सञ्चय हुने बताइन्।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टमकै विकास गर्नुपर्ने कुरामा जोड दिए। डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको उनले बताए। 

महेन्द्रनगरमा आयोजित डिजिटल सुदूरपश्चिम प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। 

प्रमुख आतिथी तथा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरु अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्रकै उत्पादकत्व बढाउन सकिने कुरा बताए।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले बताए।  

सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गमभन्दा दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .