कारोबार


पुसको अन्तिम दुई दिनमा राजस्वबाट सरकारले कमायो ४४ अर्ब

पुसको अन्तिम दुई दिनमा राजस्वबाट सरकारले कमायो ४४ अर्ब

नेपालखबर
माघ १, २०७९ आइतबार १५:१५, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिना सकिएको छ। आर्थिक वर्षको आधा समय सकिँदासम्म सरकारले कुल लक्ष्यको ३२ प्रतिशत राजस्व संकलन गरेको छ। 

चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ  संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ५८ अर्ब रुपैयाँ संकलन गरेको छ। 

पुस महिनाको अन्तिम दुई दिनमा भने उच्च राजस्व संकलन भएको देखिएको छ। शुक्रबार अर्थात् २९ गते सरकारले ३० अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। त्यसमा कर राजस्व २२ अर्ब ९४ लाख रुपैयाँ थियो भने  गैरकर राजस्व ७ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको हो। 

शनिबारको दिन समेत सरकारको राजस्वबाट आम्दानी उच्च देखिएको छ। पुसको अन्तिम दिन शनिबार परेको थियो। तर आयकर बझुाउने अन्तिम दिन समेत रहेको कारण कर कार्यालयहरुले कर तिर्नको लागि उक्त दिनसम्मको समय दिएका थिए।

बैंकका काउण्टर समेत शनिबारको लागि खुल्ला गरिएको थियो।  शनिबार सरकारले १४ अर्ब १९ करोड रुपैयाँ संकलन गरेको थियो। 

त्यसमा कर राजस्व ६ अर्ब ५२ करोड , गैरकर राजस्व ७ अर्ब ६६ करोड रुपैयाँ संकलन भएके थियो। यसअनुसार सरकारले ४४ अर्ब ७४ करोड रुपैयाँ बढि राजस्व संकलन भएको देखिएको छ। 

त्योभन्दा बाहेक पनि सरकारले विदेशी सहायतादेखि अन्य आम्दानीको शीर्षकमा समेत आम्दानी गरेको छ। 

त्यसमा पुस २९ गते १ अर्ब ३८ करोड  रुपैयाँ संकलन गरेको छ। पुस महिना सकिँदासम्म  सरकारले  ३४ प्रतिशत खर्च गरेको छ। 

चालू आर्थिक वर्षको अन्त्यसम्म सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा अहिले सम्म ५ खर्ब ७६ अर्ब रुपैयाँ  खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad