ad ad

कारोबार


सनराइज फोकस्ड इक्विटी फन्डमा लगानीको अवसर, कतिसम्म भर्न पाइन्छ?

सनराइज फोकस्ड इक्विटी फन्डमा लगानीको अवसर, कतिसम्म भर्न पाइन्छ?

नेपालखबर
माघ १५, २०७९ आइतबार १३:४१, काठमाडौँ

लगानीकर्ताका लागि सनराइज फोकस्ड इक्विटी फन्डमा लगानी गर्ने अवसर प्राप्त भएको छ। 

सनराइज क्यापिटलले सनराइज म्युचुअल फन्डअन्तर्गत सनराइज फोकस्ड इक्विटी फन्ड निष्काशन गरेको हो। 

गत १० गतेदेखि नै खुलेको फन्डमा आगामी २४ गतेसम्म आवेदन दिन सकिनेछ। 

फन्डको आकार १ अर्ब २० करोड रहेको छ। बन्दमुखी योजनामा १२ करोड कित्ता सेयर निष्काशन गर्न लागिएको हो। यसमध्ये न्यूनतम ५ करोड कित्ता बिक्री हुनुपर्नेछ। कम्पनीका अनुसार १५ करोड कित्ता अधिकतम सकारिनेछ। यसको अवधि बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ। 

यसको प्रतिकित्ता मूल्य १० रुपैयाँ छ भने इच्छुक लगानीकर्ताले न्यूनतम सय कित्ता र अधिकतम १ करोड २० लाख कित्तासम्म भर्न पाउनेछन्।

कम्पनीका अनुसार विशेषतः यो एउटा सामुहिक लगानी कोष हो, जसले लगानीकर्ताहरुबाट संकलित रकमलाई विभिन्न ३० कम्पनीहरुमा लगानी गर्छ । यसरी सिर्जित लगानीको पोर्टफोलियो बजारमा आउने सामान्य उतार चढावले असर नगर्ने तथा तुलनात्मक रुपमा सुरक्षित हुन्छ।

यस योजनाले वित्तिय प्रक्षेपणको क्रममा संकलन हुने रकमलाई इक्विटि, स्थिर आय अपकरण तथा कल बैंक खातामा क्रमशः ८५, १० तथा ५ प्रतिशत लगानी गर्ने अनुमान गरिएको छ ।

वार्षिक पूँजीगत नाफाको गणना योजनाले धितोपत्र बजारमा गर्न सक्ने सम्भावित ३० कम्पनीहरुको आ.व. २०७०/७१ देखि २०७७/७८ सम्म ७ वर्षको कम्पाउन्डिङ एनुअल ग्रोथ रेट (सीएजीआर) गणना गरी सो तथा स्थिर आय उपकरणको प्रतिफल (९ प्रतिशत) र चालू खाता (२ प्रतिशत) को व्याजदरको वेटेट एभरेज रिटर्न रेटलाई आधार मानी वार्षिक पूँजीगत लाभ ३२.७१ प्रतिशत प्रक्षेपण गरिएको छ।

योजनाका सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन खर्चहरु कट्टा गरी औसत वार्षिक प्रतिफल २९.६६ प्रतिशत निर्धारण गरिएको कम्पनीले जनाएको छ। 

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ। त्यस्तै मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाटै आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .