ad ad

कारोबार


३ अर्बको किनबेच भएको दिन सेयर परिसूचक १५ अंकले घट्यो

३ अर्बको किनबेच भएको दिन सेयर परिसूचक १५ अंकले घट्यो

नेपालखबर
माघ १५, २०७९ आइतबार १५:१३, काठमाडौँ

सेयरबजारमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा कायम भएको हो। 

पहिलो कारोबार दिन २६७ कम्पनीको ८२ लाख ७६ हजार बढी कित्ता सेयर बिक्री भएका छन्। 

दिनभरिमा ५१ हजार ९ सय ७३ पटकको खरिदबिक्रीसँगै ३ अर्ब रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। यसअनुसार ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६१ कम्पनीका लगानीकर्ताले गुमाउनपुगेका छन्। 

जसले कमाए, गुमाए 
आज सर्वाधिक कमाउने ५ कम्पनीका लगानीकर्तामा लुम्बिनी जनरल इन्स्योरेन्स, वाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सका छन्। यी कम्पनीको सेयर क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९९ प्रतिशतले बढेको छ। 

त्यस्तै समृद्धि फाइनान्सका लगानीकर्ताले भने आज धेरै गुमाएका छन्। उनीहरुले ६.०९ प्रतिशत गुमाएका हुन्। यसबाहेक सिभिल लघुवित्त, सूर्योदय वोमी लघुवित्त, ग्रिनलाइफ हाइड्रो, गणपति लघुवित्तका सेयरधनीले पनि गुमाएका छन्। 

आईएमई जनरलको धेरै कारोबार 
आज आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर किनबेच भएको छ। नेप्सेका अनुसार कम्पनीको ९ करोड ९९ लाखको सेयर खरिदबिक्री भएको हो। त्यस्तै हिमालय ऊर्जा विकास, एनआईसी एसिया बैंक, आँखु खोला जलविद्युत्, नेपाल लाइफ इन्स्योरेन्सको पनि धेरै कारोबार भएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .