ad ad

कारोबार


राष्ट्र बैंकद्वारा सिभिल बैंक प्राप्ति गर्न हिमालयनलाई अन्तिम स्वीकृति

राष्ट्र बैंकद्वारा सिभिल बैंक प्राप्ति गर्न हिमालयनलाई अन्तिम स्वीकृति

नेपालखबर
माघ १६, २०७९ सोमबार १८:१५, काठमाडौँ

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ। 

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो। 

उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ। 

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउनेछन् । प्राप्तिपश्चात् बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउनेछ। 

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .