ad ad

कारोबार


सेयरबजारमा ७६ अंकको उछाल, २१५ कम्पनीका लगानीकर्ताले कमाए

सेयरबजारमा ७६ अंकको उछाल, २१५ कम्पनीका लगानीकर्ताले कमाए

नेपालखबर
माघ २४, २०७९ मंगलबार १५:१२, काठमाडौँ

आज सेयरबजारमा उछाल आएको छ। 

साताको तेस्रो कारोबार दिन नेप्से ७६.६४ अंकले बढेको हो। 

योसँगै सूचक २१७७.३४ विन्दुमा पुगेको छ। आज २१५ कम्पनीको सेयर बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

कुल २६० कम्पनीको कारोबार भएकामा आज ९३ लाख ३३ हजार कित्ता सेयर बिक्री भएको हो। 

दिनभरिमा ५९ हजार ९ सय २७ पटकको खरिदबिक्रीपछि ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँको सेयर कारोबार भएको हो। 

कसले कमाए? 
आज वरुण हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्त, रिडी पावर कम्पनी, ग्रिन भेन्चर्स, ङादी पावर, किसान लघुवित्त र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा कमाएका छन्। 

आज लगानीकर्ताले ५.९० प्रतिशतसम्म गुमाएका छन्। त्यस्तै एनआईसी एसिया बैंकको सर्वाधिक १२ करोडको सेयर कारोबार भएको छ। 

आज बजार खुलेयता नेप्से निरन्तर उकालो लागेको थियो। २०९९ विन्दुबाट बढेको नेप्से २१७४ विन्दुमा पुगेर रोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .