ad ad

कारोबार


नेपालमा हुने आईसीसी लिग २ खेलको हाइजिन पार्टनर बन्यो लाइफबोय

नेपालमा हुने आईसीसी लिग २ खेलको हाइजिन पार्टनर बन्यो लाइफबोय

नेपालखबर
फागुन २४, २०७९ बुधबार १८:२४, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ।

युनिलिभर नेपालको एक चर्चित स्वच्छता ब्रान्ड लाइफबोयले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि हाइजिन पार्टनरको रूपमा लाइफबोयको संयोजन खेलकुदमा स्वच्छता र सरसफाई प्रवर्द्धन गर्न एक महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
लाइफबोयले टुर्नामेन्टको अवधिभर हात स्वच्छताको बारेमा जागरूकता प्रदान गर्नेछ। युनिलिभर नेपालको तर्फबाट लाइफबोयले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लीग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो। दुबईमा सम्पन्न त्रिदेशीय शृङ्खलामा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पीएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो। 

तीन टोलीले नेपालमा अर्काे त्रिदेशीय शृंखलाका लागि मार्च ९ देखि १६ सम्म भिड्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .