ad ad

कारोबार


दराजद्वारा वर्षका उत्कृष्ट बिक्रेतालाई विशेष ट्रफी प्रदान

दराजद्वारा वर्षका उत्कृष्ट बिक्रेतालाई विशेष ट्रफी प्रदान

नेपालखबर
चैत ७, २०७९ मंगलबार २१:२५, काठमाडौँ

अनलाइन ई–कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट  गएको आइतबार सम्पन्न गरेको छ।

कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै बिक्रेताहरूलाई उनीहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो।

त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरुसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो। कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुले विभिन्न मन्तब्यहरु समाबेश गरेका थिए। 

समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको ई–कमर्स उद्योग र यसको आगामी सम्भावनाबारे धारणा राखेका थिए।

त्यसैगरी दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासबारे बोलेका थिए। उनले यस इभेन्टमार्फत दराज परिवर्तनका लागि एक सकृय च्यानल हुन चाहेको बताए।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको इकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई–कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरे। 

त्यस्तै, दराजको प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा जानकारी दिए। यसका साथसाथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थ र एनएमबी बैंकका डीसीईओ गोविन्द घिमिरेले पनि धारणा राखेका थिए।

कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई विशेष ट्रफी तथा रु १० हजार बराबरको दराज भाउचर प्रदान गरिएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .