संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले अस्ट्रेलियासँग हवाई सेवा सञ्चालनको विषयमा छलफल गरेका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका मन्त्री भट्टराईले नेपाली दुतावास क्यानबेरामा छलफल गरेका हुन्। मन्त्री भट्टराईले दुई देशका बीचमा छलफल सकारात्मक भएको बताएका छन्।
छलफलमा नेपालका तर्फबाट मन्त्री योगेश भट्टराई, राजदुत महेश दाहाल, प्रथम सचिब द्रुपदा सापकोटा सहित निर्मल भट्टराई र यादब कोईराला सहभागि थिए भने अस्ट्रेलिया सरकारका तर्फबाट उड्ययन वातावरण, भौतिक पूर्वधार विभागका महानिर्देशक जिम वल्र्फ, अन्तर्राष्ट्रिय हवाई यातायातका निर्देशक, रोस आडाम्स्, अन्तर्राष्ट्रिय हवाई यातयात उड्ययन उद्योग नीतिका एडवार्ड पोकालिउखिने र फिओना मेरिङटोन वैदेशिक मामला तथा व्यपारका कानुनका अधिकारी सहभागी थिए।
जिम वल्र्फ अक्टुवरमा दुईदेश बीचको हवाई सम्झौतामा हस्ताक्षरकर्ता हुन्।
गत अक्टोबरमा दुई देशका बीचमा हवाई सम्झौता भएसँगै हवाई सेवाका लागि बाटो खुलेको हो।

प्रतिक्रिया